रोम । इटालीको राजधानी रोममा आगलागी हुँदा ३० वटा बसहरु जलेर नष्ट भएका छन्। रोम नगरपालिकाको यातायात कम्पनी एटीएसीका ३० वटा बसहरु मंगलबार बिहान भएको आगलागीमा नष्ट भएका हुन् ।
आगलागी त्यहाँको समय अनुसार विहान ४ बजे भएको थियो। आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीलाई उदृत गर्दै स्थानीय संचार माध्यामहरुले जनाएका छन् ।
आगोलागी नियन्त्रणका लागि घटनास्थल पुगेका अग्नी नियन्त्रकहरुले ३० वटा बसहरुमा आगोले क्षति पुर्याएको ट्वीटरमार्फत जानकारी गराएका छन् । अग्नी नियन्त्रकहरुले ३० बस जलेर नष्ट भएको बताइरहेका बेला उता एटीएसीले भने आगलागीमा २० वटा पुराना सवारी साधनहरुमा क्षति पुगेको बताएको छ। एटीएसीका अनुसार आगोमा कोही घाइते भएका छैनन् ।
रोममा आगलागीको घटना यो पहिलो भने होइन। २०२० को जुन महिनामा पनि डिपोमा राखिएका ७ वटा बसहरु जलेर नष्ट भएका थिए । २०१६ देखि आज सम्म लगभग २ सय ५० वटा बसहरु आगोबाट क्षतिग्रस्त भएका छन् ।


विश्व खबर 


















