images
images
  • कोभिड न्यूनीकरणका लागि लुम्बिनी प्रदेशमा योजना बनाइँदै

    लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले सरकार कोभिड –१९ न्यूनीकरणमा केन्द्रित रहेको बताउनुभएको छ । स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि आफ्नो जन्मथलो पाल्पाको रामपुरमा आउनुभएका उहाँले कोभिडको खतराबाट बच्नका लागि प्रदेश सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन हिसाबले योजना बनाइरहेको जानकारी दिनुभयो । प्रदेशमा अहिले अक्सिजनको माग झण्डै तीन हजार पाँच सय सिलिण्डर रहेकामा उत्पादन झण्डै दुई हजार एकसय सिलिण्डर रहेकाले नपुग आपूर्तिका लागि बाहिरबाट समन्वय गरेर ल्याउने योजना भइरहेको उहाँले बताउनुभयो । उहाँले कोभिड अस्पताल, रामपुर अस्पतालको पचास शय्याको निर्माणाधीन भवन, पन्ध्र शय्याको आयुर्वेद अस्पताल, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको अनुगमन तथा निरीक्षा गर्दै जिल्ला अस्पताललाई अक्सिजन प्लान्टका निम्ति रु एक करोड पचास लाख बजेट उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले कोभिड रोकथाम र सङ्क्रमितको उपचारका निम्ति एचडियुका लागि पनि रकम आइसकेको बताउनुभयो । विभिन्न सामग्री र अक्सिजन खरीदका लागि रामपुर अस्पताललाई रु १५ लाख प्रदेश सरकारबाट प्रदान गरिएको जानकारी दिँदै उहाँले अस्पतालमा सञ्चालित कोभिड कक्षका लागि दिनमा कम्तीमा पनि एक सय सिलिण्डर मागपूर्तिका लागि उपयुक्त प्रस्ताव माग गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images