images
images
  • ईपीएल क्रिकेट : फाइनलका लागि आज चितवन र पोखरा भिड्दै

    काठमाडौं, । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज बुधबार दुई खेल हुँदैछन् । बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्लेअफ अन्तर्गतका क्वालिफायर र एलिमिनेटर खेल हुनेछन् ।

    चितवन टाइगर्स र पोखरा राइनोजबीच फाइनल प्रवेशका लागि पहिलो प्रतिस्पर्धा हुनेछ । खेल बिहान साढे ९ बजेका लागि तय भएको छ ।

    सोमपाल कामीको कप्तानीमा रहेको चितवन शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको हो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले दोस्रो स्थानमा रहेको थियो ।

    पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

    बुधबार एलिमिनेटरमा काठमाडौं किङ्स(११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्न लागेको हुन ।

    प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने आयोजकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images