images
images
  • बाजुराका किशोर बझाङमा झुण्डिएको अवस्थामा फेला

    बझाङ – बझाङको मष्टा गाउँपालिका १ कोटदेवलमा एक किशोर झुण्डिएको अवस्थामा फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका १७ वर्षीय दीपेन्द्र रोकाया झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिए ।

    उनको मृत्युबारे अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए । ११ असोजदेखि ससुराली बस्दै आएका रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images