images
images
  • चिकित्सातर्फको नोबेल पुरस्कार डेभिड र अर्डेमलाई

    काठमाडौं-२०२१ को फिजियोलोजी र मेडिसिनतर्फको नोबेल पुरस्कार डेबिड जुलियस र आर्डम पाटापौटियनले प्राप्त गर्ने भएका छन् ।

    डेबिड र आर्डमले तापमान र स्पर्शबारे गरेको रिसेप्टर्सको खोजलाई यस पटकको नोबेल पुरस्कारले सम्मान गर्ने भएको हो । प्रकाश, तापक्रम तथा बाह्य उत्तेजनाको प्रतिक्रिया जनाउँदै प्राप्त सिग्नललाई संवेदी प्रणालीमा प्रसारण गर्न मद्धत पुर्‍याउने आर्गनबारे खोज गरेका छन् ।संयुक्त राज्य अमेरिकाका यी वैज्ञानिकको अनुसन्धानले मानव शरीरले स्नायुको माध्यमबाट ताप, चिसो तथा स्पर्शलाई कसरी ग्रहण गर्छन् भन्ने खोज देखाएको छ ।

    गर्मी र जाडो दुवै मौसममा मानव शरीरको स्पर्श क्षमता जीवित रहन आवश्यक हुन्छ । यो कुरालाई मानिसले सामान्य रुपमा लिने गरेको पाइन्छ । तर हाम्रो स्नायु तन्त्रिकालाई कसरी सक्रिय बनाउने भन्ने तरिका डेबिड र आर्डमले पत्ता लगाएका छन् ।यस खोजले फिजियोलोजी तथा विभिन्न किसिमका रोगहरुको अनुसन्धानमा मद्दत पुग्ने विश्वास गरिएको छ ।यस वर्षको नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल कमिटीले आठ अक्टोबरमा घोषणा गर्दैछ भने अवार्ड वितरण १० डिसेम्बरमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images