images
images
  • अफसोर कम्पनीमा केन्याका राष्ट्रपतिको परिवारको तीन करोड डलर अवैध धन

    एजेन्सी – केन्याका राष्ट्रपति युहुरु केन्याटाको परिवारको नाममा अफसोर कम्पनीमा वषौंदेखि लाखौं डलर लुकाएर राखेको पानामा पेपर्सको दस्तावेजमा खुलासा गरिएको छ ।राष्ट्रपति केन्याटा र उनको परिवारका ६ जनाको नाममा १३ अफसोर कम्पनीमार्फत तीन करोड डलर रकम लुकाएको खुलासा भएको हो ।

    सन् २००३ मा पानामा भेराइज नाममा केन्यामा फाउन्डेसन स्थापना गरिएको थियो र त्यसको पहिलो संरक्षक केन्याटाकी ८८ वर्षीया आमा एन्जिना राखिएको थियो । त्यस्तै, दोस्रो संरक्षकमा राष्ट्रपति केन्याटाको नाम थियो । आमाको मृत्युपछि छोरा स्वतः उत्तराधिकारी हुने व्यवस्था थियो ।

    सम्पत्तिको वास्तविक मालिकको खोजी हुन थालेपछि पानामा फाउन्डेसनमा केन्याका राष्ट्रप्रमुखको लगानी रहेको सार्वजनिक भएको थियो ।

    यसकारण राखिन्छ अफसोर कम्पनीमा अवैध धन
    अफसोर कम्पनी गैरकानूनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा गोप्य तरिकाले कुनै पनि देशको सिमानाबाहिर स्थापना भएका कम्पनी हुन् । यी कम्पनीले धन र सम्पत्ति राख्ने व्यक्तिको स्वामित्व गोप्य राख्छन् । पान्डोर पेपर्सको दस्तावेजले देशबाहिर स्थापना भएका यी कम्पनीहरुको एउटा जटिल सञ्जाल खुलासा गरेको छ ।

    उदाहरणको लागि कोही व्यक्तिको नेपालमा सम्पत्ति हुन सक्छ । तर, अन्य देश वा अफसोरमा भएका कम्पनीको सञ्जालमार्फत उनीहरुले त्यसको स्वामित्व लिन्छन् । त्यसबापत उनीहरुले कर तिर्नुपर्दैन ।

    कम्पनी खडा गर्न झन्झट नहुने तथा कानुन बमोजिम कम्पनीहरुको पहिचान सार्वजनिक नगर्ने देश वा कर नै नलाग्ने वा लागे पनि न्यून लाग्ने देशमा अफसोर कम्पनी खडा गरिएका हुन्छन् । त्यही भएर यी गन्तव्यलाई ‘ट्याक्स हभेन’ भनिएको हो ।  ट्याक्स हेभेन मुलुकको निश्चित सूची छैन् । तर, महत्वपूर्ण गन्तव्यमा ब्रिटीश ओभरसिज टेरिटोरी, क्याम्यान आइल्यान्ड र ब्रिटीश भर्जिन आइल्यान्ड, स्वीटजरल्यान्ड र सिंगापुर आकर्षक गन्त्वय हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images