images
images
  • प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा मास्क वितरण (तस्विरसहित)

    काठमाडौं – प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा काठमाडौं गौशाला चोकमा आइतबार मास्क वितरण गरेको छ ।

    प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ अन्तर्गत उक्त चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्नेलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गरेको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रुपमा रहेको बताए।

    नेपालीहरूको महान पर्व वडादशै र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै उनले भने, “यो दशैं उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दुरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।”

    H0A9808

    साथै सोही कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले काठामाडौं सुन्धारा, प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले काठमाडौं बालाजु माछापोखरी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले काठमाडौं कलकी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले काठमाडौं कोटेश्वर र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले ललितपुर सातदोबाटो चोकमा मास्क वितरण गरेको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको साथै उपस्थित अन्य प्रहरी वरिष्ठ अधिकृतहरु समेतले मास्क वितरण गरेको थियो ।

    H0A9839

    महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र उपत्यकास्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरुको समन्वयमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो । कोभिड- १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत बैशाख ६ गतदेखि ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम संचालन गर्दै आएकोमा आजको कार्यक्रम अन्तर्गत कलंकीमा ५ हजार, ललितपुर सातदोबाटोमा १ हजार ५ सय, सुन्धारामा १ हजार ५ सय, कोटेश्वरमा १ हजार २ सय, गौशालामा २ सय र बालाजुमा ३ सय थान मास्क वितरण गरिएको छ ।

    DSC 8127

    DSC 0450

    DSC9387 1

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images