images
images
  • भारत-चीन सीमा विवादः लद्दाखमा थप चिनियाँ सैनिक तैनाथ गरेको भन्दै भारतको आपत्ति

    काठमाडौं- लद्दाखको सीमामा चिनियाँ सैनिक उल्लेख्य रुपमा तैनाथ भएपछि भारतले आपत्ति जनाएको छ ।

    लद्दाखमा देखिएको गतिरोध अन्त्यका गर्न चीनसँग १३औं वार्ता गर्न भारत तयारी अवस्थामा थियो । तर पूर्वी लद्दाखको अधिकांश स्थानमा हाल उल्लेख्य संख्यामा भइरहेको चिनियाँ सैन्य परिचालनको विषय गम्भीर रहेको भारतीय सेनाले जनाएको हो ।

    विभिन्न समयमा दुई मुलुकबीच झडप भइरहे पनि विगत ६ महिनायता सीमाको स्थिति सामान्य रहेको अवस्थामा पनि ठूलो संख्यामा चिनियाँ सैनिक परिचालन गरिएको भन्दै भारतीय सेनाले आफूहरुको चासो रहेको जनाएको हो ।

    यद्यपि भारतीय सेना प्रमुख मनोज मुकुन्द् नरवणेले अहिले अवस्था नियन्त्रणमा रहेको बताएका छन् । साथै चीनको हरेक गतिविधिको आफूहरुले सुक्ष्म अनुगमन गरिरहेको नरवणेको भनाइ छ ।

    लद्दाखको भूमिको विषयमा चीन र भारतबीचको गतिरोध वर्षौदेखि जारी छ । पछिल्लो पटक गत वर्षको जुनमा भएको झडपको क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images