images
images
  • ६८ बर्षपछि फेरी टाटा समुहकै भयो एयर इण्डिया

    काठमाडौँ । भारतको सरकारी ध्वजाबाहक एयरलाइन्स एयर इण्डियालाई किन्ने टाटा समुहको प्रस्ताव स्वीकृत भएको छ । टाइम्स अफ इण्डियाका अनुसार सरकारले टाटा समुहले राखेको प्रस्ताव स्वीकृत गरेको हो ।

    टाटासँगै सरकारले आव्हान गरेको एयर इण्डिया किन्ने प्रस्ताव स्पाइस जेटका फाउन्डर अजय सिंहले पनि पेश गरेका थिए । भारतीय अर्थमन्त्री निर्मला सीतारमन, वाणिज्यमन्त्री पियुष गोयल र् नागरिक उड्डयन मन्त्री जोतिरादित्य सिन्धिया सदस्य रहेको कमिटीले टाटा समुहलाई एयर इण्डिया बेच्ने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    टाटा समुहले स्पाइस जेटले भन्दा करिब ५ हजार करोड बढी रकम प्रस्ताव गरेको ब्लूमवर्ग न्यूजले उल्लेख गरेको छ । भारतको डिपार्टमेन्ट अफ इन्भेस्टमेन्ट एण्ड पब्लिक एसेट म्यानेजमेन्टले एयर इण्डियाको अधिग्रहणसम्बन्धि प्रस्ताव मागेको थियो ।

    लगातार घाटामा गएपछि एयर इण्डियाको निजीकरणको प्रक्रिया २०२० को जनवरीमै शुरु गरिएको थियो । तर कोरोना महामारीका कारण प्रक्रियामा ढिलाई भएको थियो । २०२१ को अप्रिलमा सरकारले फेरीयोग्य कम्पनिलाई आफ्नो प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । यस अघि २०२० मा पनि टाटा सन्सले एयर इण्डियालाई किन्न आफ्नो प्रस्ताव पेश गरेको थियो ।

    सरकारले यसअघि २०१७ मा पनि एयर इण्डियालाई निजीकरणको प्रयास गरेको थियो । त्यति बेला भने कुनै कम्पनिले प्रस्ताव पेश गरेका थिएनन् । त्यसपछि सरकारले केहि नियममा परिवर्तन गरेपछि फेरी प्रस्ताव मागिएको थियो ।

    २००७ मा घरेलु अपरेटर इण्डियन एयरलाइन्ससँग मर्ज भएपछि एयर इण्डिया लगातार घाटामा चलिरहेको थियो । अहिले एयर इण्डियाको ६००७४ करोड भारतीय रुपैया ऋण रहेको बताइएको छ । यस मध्ये एयर इण्डिया किन्ने कम्पनिले २३२८६.५ करोड भारतीय रुपैया मात्र तिरे हुने भएको छ भने बाँकी रकम भारत सरकारले बेहोर्ने भएको छ ।

    अब एयर इण्डिया टाटा समुहसँग आएसँगै मुम्बईस्थित केन्द्रीय कार्यालय र दिल्लीस्थित एयरलाइन्स हाउसपनि टाटाकै हुने छ । मुम्बईको केन्द्रीय कार्यालयको मात्र बजार मुल्य १५ सय करोड रहेको बताइन्छ । त्यस्तै अब हाल एयर इण्डियाका ४४०० घरेलु तथा विदेशमा हुने १८ सय ल्याण्डिङ र पार्किंग स्लटको नियन्त्रण पनि टाटा समुहमा जाने छ ।

    टाटाले किन किन्यो ?

    खासमा एयर इण्डियाको शुरुवात टाटा समुहले नै १९३२ मा टाटा एयरलाइन्सको नामबाट शुरु गरेको हो । त्यति बेला यसलाई एक मेल क्यारियरको रुपमा शुरु गरेको टाटा समुहको यस एयरलाइन्सलाई १९५३ मा भारत सरकारले लिएको थियो ।

    अब ६८ बर्षपछि टाटाले एयर इण्डियालाई फेरी टाटाले आफ्नो बनाउन सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images