काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मासँग छिमेकी र मित्रराष्ट्रका कूटनीतिज्ञहरुले नियमित भेटिरहेका छन् । साउन २५ गते कायममुकायम सेनापति भएदेखि नै उनलाई भेट्न काठमाडौंस्थित आवासीय कूटनीतिज्ञहरु जंगी अड्डा पुग्ने गरेका हुन् ।
त्यसक्रममा हिजो शर्मासँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको छ । हिजै उनले संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि सारा ब्यसोलो न्यानतीसँग पनि भेटवार्ता गरेको छ ।
भदौ २४ गते ४४ औं प्रधान सेनापतिका रूपमा नेतृत्व सम्हालेका शर्माले अस्ति बुधबार पाकिस्तानी कार्यवाहक राजदूत अदनान जावेद खानसँग र असोज ६ गते चिनियाँ राजदूत होउ यान्छीसँग शिष्टाचार भेटवार्ता गरे को थियो ।
त्यसअघि भदौ १६ गते इजरायलका राजदूत हानान गोडरेलसँग र साउन २९ गते भारतीय राजदूत विनयमोहन क्वात्रासँग दुई मुलुक र दुई मुलुकका सेनाबीचको आपसी सम्बन्धबारे चर्चा भएको बताइन्छ ।


विश्व खबर 



















