images
images
  • बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता उल्लाहको हत्या

    ढाका । बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच जनाको समूहमा रहेका एक प्रत्यक्षदर्शी शरणार्थीले बताएका छन् ।

    शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी उपरीक्षक मोहम्मद नैमुल हकले पुष्टि गरेका छन्।

    सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंज्या मुस्लिमहरूले छिमेकी बंगलादेशमा शरण लिएका थिए । बंगलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

    उल्लाहले रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंज्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्था खोलेको समाचारमा उल्लेख छ ।
    उल्लाहको हत्याको पछाडी कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images