images
images
  • विश्वमा आजः जनगणतन्त्र चीनको स्थापनादेखि ‘मर्निङ सिकनेस’ को औषधीमाथि प्रतिबन्ध

    आज १ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक, सांस्कृतिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । माओ जेदोङले जनगणतन्त्र चीन घोषणादेखि संघीय गणतन्त्र क्यामरुनको गठन आजै भएको थियो ।

    दुबरोभनिकमा युगोसलाभियाका सेनाको घेराबन्दी

    क्रोयसियाको स्वतन्त्रताको युद्धको समयमा सन् १९९१ मा दक्षिणपश्चिम क्रोयसियाको दुबरोभनिक क्षेत्रमा युगोसलाभियाको सेनाको एउटा समूहले घेराबन्दी गरेको थियो । युगोसलाभियाको जनसेनाले दुबरोभनिकमा आक्रमण सुरूवात पनि आजदेखि नै गरेको थियो ।

    संघीय गणतन्त्र क्यामरुन गठन
    सन् १९६१ मा संघीय गणतन्त्र क्यामरून गठन भएको थियो । गणतन्त्र क्यामरुन गठनका लागि ब्रिटीश क्यामरून र दक्षिण गणतन्त्र क्यामरून आबद्ध भएका थिए ।

    मर्निङ सिकनेसको औषधीमा प्रतिबन्ध
    सन् १९५७ मा पहिलो पटक ‘मर्निङ सिक’ (वान्ता हुने) समस्या समाधानका लागि थालिडोमाईड औषधी खुवाउन थालिएको थियो । सुरुका पाँच वर्ष यो औषधी गर्भवती महिलाको मर्निङ सिकनेस उपचारका लागि प्रयोग गरिएको थियो । तर, यसको साइडइफेक्टका कारण विकलांग शिशु जन्मिने पुष्टि भएपछि यो औषधीलाई बजारमा प्रतिबन्ध लगाइएको थियो ।

    जनगणतन्त्र चीनको स्थापना
    सन् १९४९ को १ अक्टोबरमा माओ जेदोङले जनगणतन्त्र चीन स्थापना भएको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images