images
images
  • साफ च्याम्पियनसिप आजदेखि, नेपालले माल्दिभ्सको सामना गर्दै

    काठमाडौँ । आजदेखि माल्दिभ्समा साफ च्याम्पियनसिप शुरु हुदै छ । उद्घाटन खेलमा नेपालले घरेलु टिम माल्दिभ्सको सामना गर्न लागेको हो ।

    नेपालले आजको पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाली समय अनुसार राति ६:४५ बजे खेल्ने छ ।  नेपाली टोलीका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्नका लागि खेल्ने बताएका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले घरेलु टोलिविरुद्ध मैदानमा लडेर नतिजा निकाल्ने बताएका छन् । उनले माल्दिभ्सलाई घरेलु समर्थकको समर्थन हुने भएपनि त्यसले आफुहरुको खेलमा असर नगर्ने बताए ।

    नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक आमने सामने भएकोमा माल्दिभ्सले ८ खेल जितेको छ भने नेपालले ४ खेल जितेको छ । त्यस्तै ४ खेल बराबरी भएको छ ।

    त्यस्तै फिफा वरियतामा माल्दिभ्स नेपाल भन्दा १० स्थान अगाडी रहेको छ । माल्दिभ्स १५८औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा रहेको छ ।

    साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ । त्यस्तै तेस्रो खेल अक्टोबर १० को राति ९:४५ बजे भारतको सामना गर्ने छ भने लिगको अन्तिम खेलमा अक्टोबर १३ मा अपराहन्न ४:४५ बजे बंगलादेशको सामना गर्नेछ ।

    नेपालले हालसम्म साफ च्याम्पियनसिपमा फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो ।

    अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा

    नेपाल २ – ६ इराक – मैत्रीपूर्ण खेल

    नेपाल २ – ० चाइनिज ताइपेई – विश्वकप छनोट

    नेपाल ० – ३ जोर्डन – विश्वकप छनोट

    नेपाल ० – ३ अस्ट्रेलिया – विश्वकप छनोट

    नेपाल १ – १ भारत – मैत्रीपूर्ण खेल

    नेपाल १– २ भारत – मैत्रीपूर्ण खेल

    नेपाल २– ७ ओमान – मैत्रीपूर्ण खेल (फिफा आधिकारिक्ता नपाएको)

    साफमा नेपालको खेल– समय

    नेपाल भर्सेस माल्दिभ्स – असोज १६ गते – राति ९ः४५ बजे

    नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९ः४५ बजे

    नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९ः४५ बजे

    नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४ः४५ बजे

    नेपाली टिम

    गोलकिपर – किरणकुमार चेम्जोङ (कप्तान), विशाल श्रेष्ठ, दीप कार्की

    डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द

    मिडफिल्डर – तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा, विशाल राई, सुनील बल, सुरज जिउ ठकुरी, नितिन थापा, पुजन उपरकोटी

    स्ट्राइकर – नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा

    माल्दिभ्सविरुद्ध नेपालको सम्भावित प्लेइङ सेट

    गोलरक्षक – किरणकुमार चेम्जोङ

    डिफेण्डर – दिनेश राजवंशी, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ,

    मिडफिल्डर – तेज तामाङ, आयुष घलान, सुजल श्रेष्ठ

    स्ट्राइकर – सुमन लामा, मनिष डांगी, नवयुग श्रेष्ठ

    प्रतिक्रिया दिनुहोस्
    images
    images