images
images
  • इक्वेडरको जेलमा भिडन्त, १०० जनाको मृत्यु

    इक्वेडरको जेलमा दुई विरोधी समूहबीच भएको भिडन्तमा १०० जनाभन्दा बढीको ज्यान गएको छ। सरकारी अधिकारीहरुका अनुसार इक्वेडरको इतिहासमा जेलमा दुई विरोधी समूहबीचमा भएको भिडन्तमा पहिलोपटक यति धेरैको ज्यान गएको हो।

    गएको मंगलबार गायक्वेल सहरमा रहेको जेलमा भिडन्त भएको हो। पाँच कैदीको टाउको काटिएको थियो भने अरुको गोली लागेर ज्यान गएको हो। कैदी–बन्दीले भिडन्तको क्रममा ग्रिनेडसमेत प्रहार गरेको प्रहरी कमाण्डर फाएस्तो बुएनानोलेब ताएको बिबिसीले उल्लेख गरेको छ। लागूऔषध तस्करी समूहका कैदी रहेको भवनमा भिडन्त भएको हो। ४०० प्रहरीले लगातार प्रयास गरेर अवस्था नियन्त्रणमा लिएका थिए।

    लागूऔषध तस्करीमा संलग्न रहेको मेक्सिकोको शक्तिशाली समूहको आदेशमा इक्वेडरको जेलमा भिडन्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। मेक्सिकन समूहले इक्वेडरमा लागूऔषध तस्करी गिरोह सञ्चालन गर्दै आएको छ।

    jail1

    प्रतिक्रिया दिनुहोस्
    images
    images