images
images
  • उत्तर कोरियाद्वारा जापानी समुन्द्रमा मिसाइल परिक्षण

    काठमाडौँ । उत्तर कोरियाले छोडेको मिसाइल जापानी समुन्द्र इष्ट सी मा खसेको छ । जापान टाइम्सका अनुसार जापानको रक्षा मन्त्रालयले यो ब्यालेष्टिक मिसाइल भएको बताएको छ ।

    जापानको स्थानीय समय अनुसार बिहान ६:४० बजे मिसाइल समुन्द्रमा खसेको थियो ।

    अहिले दक्षिण कोरिया र अमेरिकाका इन्टेलिजेन्सले यस मिसाइलको बारेमा अध्ययन गरिरहेको बताइएको छ ।

    अघिल्लो महिना पनि उत्तर कोरियाले जापानी क्षेत्रमा दुई मिसाइल खसालेको थियो । ति मिसाइल परमाणु आक्रमण गर्न सक्षम रहेको बताइएको थियो । पछि उत्तर कोरियाले ति ब्यालेष्टिक मिसाइल रेलवे बोर्न मिसाइल प्रणाली भएको र आफ्नो देशमा कुनै आक्रमण भएमा त्यसलाई रोक्न र काउन्टर अट्याक गर्न प्रयोग हुने बताएको थियो ।

    संयुक्त राष्ट्रसंघले ब्यालेष्टिक मिसाइल परिक्षण गर्न प्रतिबन्ध लगाएको भएपनि उत्तर कोरियाले भने पटक पटक परिक्षण गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images