images
images
  • रथीबाट अवकाशपछि पनि हमाल नै सिरियामा फोर्स कमान्डर रहने

    सेनामा नयाँ रथीको रुपमा सिनियर उपरथी सरोजप्रताव राणाको नाम अगाडि

    काठमाडौँ – सिरियाको गोलनहाइटमा संयुक्त राष्ट्रसंघ (यूएन) अन्तर्गत शान्ति मिसनमा फोर्स कमान्डर रथी ईश्वर हमालले नेपाली सेनाबाट अवकाश भएपछि पनि जिम्मेवारी सम्हालिरहने भएका छन् । हमाल यही असोज २५ गतेबाट ५८ वर्षे उमेर हदका कारण नियमित अवकाशमा जाँदैछन् ।

    हमालको स्थानमा नयाँ रथीमा वरिष्ठ उपरथी सरोजप्रताप राणालाई बढुवा गर्ने तयारी भएको सैनिक मूख्यालय जंगी अड्डाले स्रोतले कान्तिपुरलाई बतायो । हमालले नेपाली सेनाबाट अवकाश पाए पनि शान्ति स्थापनामा फोर्स कमान्डरको रुपमा आफ्नो दुई वर्षे कार्यकाल नसक्दा समेत काम गर्न पाउने भएका हुन् । नेपाली सेनाको प्रस्तावमा यसअघि नै सरकारले रथी हमालको जस्तो अवस्था आए ‘नेपालमा अवकाश भए पनि विदेशमा भने उही पदलाई निरन्रता दिने’ गरी निर्णय गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

    यूएनको जिम्मेवारीमा नेपाललाई उच्च तहमा थोरै मौका मिल्ने र त्यो मौका पनि जागिरको हदले जाने भएपछि उक्त निर्णय गरिएको थियो । फोर्स कमान्डरमा भने सरकारले सिफारिस गरे पनि जो कोही काम गर्नसक्ने अवस्था हुन्न । यसका लागि फोर्स कमान्डरका आकांक्षीहरुले परीक्षा पास गर्नुपर्ने हुन्छ ।

    हमालसहित अन्य सैनिक अधिकृतहरुलाई हेरेर सरकारले नेपालमा अवकाश पाए पनि विदेशमा जिम्मेवारी सम्हाल्दा समेत उही पदमा रहेको जानकारी दिने गरी निर्णय गरेको हो । हमाललाई संयुक्त राष्ट्र संघले सन् २०२० को फेब्रुअरीमा फोर्स कमान्डर नियुक्त गरेको थियो । दुई वर्षे कार्यकालमा उनले १४ महिना काम गरिसकेका छन् । अब १० महिना काम गर्न बाँकी रहेको जंगी अड्डाका एक सैनिक अधिकारीले जानकारी दिए ।

    हमालले सिरियामा फोर्स कमान्डरमा रहँदा नेपालको रथीकै परिचय दिनेछन् तर त्यहाँ जिम्मेवारी सकिने बित्तिकै उनी अवकाश प्राप्त हुनेछन् । सैनिक मुख्यालय जंगी अड्डाको लागि भने हमाल असोज २५ पछि अवकाश प्राप्त रथी नै हुनेछन् । कान्तिपुरमा खबर छ 

    प्रतिक्रिया दिनुहोस्
    images
    images