images
images
  • आठ दिनदेखि बेपत्ता एमाले नेता रावत मृत फेला

    • images
    • ११ आश्विन २०७८

    अछाम- अछामको बान्निगढी जयगढ गाउँपालिका- ६ दर्नाका समाजसेवी तथा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन् ।

    ४ असोजदेखि बेपत्ता रहेका रावत दर्नाको रवा लेक भन्ने स्थानमा शव फेला परेको हो ।

    ४ असोजमा जिल्लाको रामारोशन गाउँपालिका- ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत सोही दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा रावतको शव सोमबार बिहान कालारवा लेकको जंगलमा भेटिएको हो ।

    रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै जाँदा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

    रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्नाको वडा अध्यक्षका उम्मेदवार बनेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images