काठमाडौं । सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या भएको छ । इटहरी उपमहानगरपालिका(३ सुनौलो टोलका ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सामान्य घरायसी विवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थापाको उपचारको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनामा संलग्न देवीप्रसाद अधिकारीलाई इलाका प्रहरी कार्यालय इँटहरिले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका अधिकारी समेत घाइते भएकाले प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















