इटालियन सिरी ए अन्तर्गत युभेन्टसले यस सिजनको पहिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा युभेन्टसले स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसको जितमा मोइज कीन, फेडेरिको चिएसा र माथिस डी लाइटले एक एक गोल गरेका थिए । त्यस्तै स्पेइजाका लागि इमान्युएल गिआसी र जानिस एन्टीस्टेले एक एक गोल गरेका थिए ।
यो जितपछि ५ खेलमा एक जित २ बराबरी र २ हारसहित युभेन्टस ५ अंक हासिल गर्दै लिगमा १३औं स्थानमा उक्लिएको छ ।
त्यस्तै ५ खेलमा एक जित एक बराबरी र ४ हारसहित स्पेइजा ४ अंक हासिल गर्दै १७औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















