स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले माल्लोर्कामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले माल्लोर्कालाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा मारको एसेन्सियोले ह्याट्रिक गरेका थिए । उनले खेलको २४औ, २९औ र ५५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि करिम बेन्जमाले दुई गोल गरेका थिए । बेन्जमाले कहल्को तेस्रो र ७८औं मिनेटमा गोल गरेका थिए । त्यस्तै रियलका लागि एक गोल इस्कोले गरेका थिए ।
माल्लोर्काका लागि एक गोल ली कांग इनले खेलको २५औं मिनेटमा गरेका थिए ।
यो जितपछि रियल म्याड्रिड ला लिगामा अपराजित रहदै ६ खेलमा ५ जित र एक बराबरीसहित १६ अंक हासिल गरेको छ र लिगको शिर्ष स्थानमा रहेको छ ।
मल्लोर्काको भने ६ खेलमा ८ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















