images
images
  • सरकारसंग नागरिकको आक्रोस: मेयरमाथि मुक्का प्रहार

     रुपन्देही-  बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्।

    भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए। स्थानीयले प्रभावित क्षेत्रमा स्थानीय सरकारले केही नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

    उनिहरुले लामो समयसम्म पनि नगरले आफुहरुलाई सहयोग नगरेको भन्दै आक्रोश पोखेका छन् । आज उक्त  क्षेत्र अवलोकनका लागि  गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का समेत प्रहार गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images