images
images
  • नेपालमा कोरोना उपचारका लागि अमेरिकामा साढे तीनलाख डलर संकलन


    टेक्सस (अमेरिका) । नेपालमा कोरोना संक्रमण महामारी बढ्दै गएपछि अमेरिकामा सञ्चालन भएको सहयोग संकलन अभियान अन्तरगत हालसम्म साढे तीनलाख लाख डलर जम्मा भैसकेको छ ।

    बिभिन्न संस्थाहरूले खोलेको गोफण्ड–मी एकाउण्ट र फेसबुक फण्डरेजरको तथ्यांकलाइ एकीकृत गरि एसोसिएसन अफ नेप्लिज इन दी अमेरिकाज (एएनए)ले यो विवरण सार्वजनिक गरेको हो ।

    एएनएका अनुसार बिभिन्न संस्थाहरूको सकृयतामा खुलेका १४ वटा यस्ता एकाउण्टहरू मार्फत सोमबार साँझसम्म तीनलाख ३५ हजार डलर संकलन भैसकेको छ ।

    संस्थाका अध्यक्ष विजयराज भट्टराइका अनुसार सबै संस्थाहरूले उठाएको रकमको विवरण र सिधा लिङ्क एएनएको वेवसाइटको लिंक जततउकस्ररबलबज्ञढडघ।यचन को होमपेजमा गएर हेर्न सकिन्छ । होमपेजमा आर्थिक संकलनको लाइभ अपडेट हुनेगरी ऋइख्क्ष्म् ग्एम्ब्त्भ् थपेको छ।

    सबैभन्दा बढी रकम अमेरिका नेपाल मेडिकल फाउण्डेसनले उठाएको छ । यो संस्थाले दुइलाख डलरको लक्ष्य राखेकोमा सोमबारसम्म एकलाख ३० हजार जुटिसकेको छ ।

    त्यस्तै नेपाल अमेरिका कम्युनिटी सेन्टरले अक्सिजन फर नेपाल अभियानबाट ४७ हजार एकसय ८१ डलर जुटाइसकेको छ ।
    नेपालमा बढ्दो कोभिडको प्रभाव संगै विदेशबाट सरसहयोग गर्ने क्रम तीब्र भैरहेको छ । यस्तो अभियानको दुरूपयोग हुन नदिन र डुप्लिकेट समेत हुन नदिनका लागि एएनएले वेवसाइटमा सबैको डेटा एकीकृत गरेर यस्तो लिंक राखेको हो ।

    त्यसो त गोफण्डमी र फेसबुक फण्ड रेजर बाहेक पनि अन्य धेरै संस्थाहरुले आन्तरिक रुपमा धेरै आर्थिक सङ्कलन गरेका छन । ओएनयुएफले पनि नेपालमा अक्सिजन प्लान्ट स्थापना गर्न भनेर आन्तरिक रुपमै २० हजार डलर संकलन गरेको बताइएको छ ।

    त्यसैगरी नेपाली समाज टेक्सासले पनि गोफण्ड–मी को अलावा आन्तरिक रुपमा लगभग २० हजार संकलन भैसकेको फेसबुक पोष्टबाट देखिन्छ। यसरी सार्वजनिक र आन्तरिक गरि करिब अमेरिकाबाट मात्र पाँच लाख भन्दा बढी आर्थिक संकलन भएको अनुमान छ ।

    यो रकम लामो समयसम्म राख्नुको बदला छिटै नेपाल पठाएमा मात्र पीडितले चाँडो राहत प्राप्त गर्ने भट्टराइले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images