सिन्धुली– अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । मंगलबार जिल्लाको दुधौली नगरपालिका-२ को जलकिनी र तिनचम्केबाट चारथान भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ५० वर्षीय नुरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुणाबहादुर राउत र ७२ वर्षीय जितबहादुर बरइमगर र ४० वर्षीय भुवनबहादुर रानामगर रहेका प्रहरी नायव उपरिक्षक मनोजकुमार लामाले जानकारी दिए ।
घर तथा गोठमा लुकाइछिपाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय डकाहा र हत्पते प्रहरी चौकीका प्रहरीहरुको गस्ती टोलीले बन्दुक बराम गरेका हुन् । बरामद भएका चारवटामध्ये तीनवटा लोड भएको डीएसपी लामाले बताए । पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















