images
images
  • बुटवलका मेयरलाई मुक्का हान्ने पक्राउ, शान्ति सुरक्षा तथा दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएर कारबाही गरिने

    काठमाडौं । बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल-३ ज्योतिनगरका स्थानीय बासिन्दा समेत रहेका अनेरास्ववियुका जिल्ला सदस्य गणेश पङ्गेनी रहेका छन् ।

    ज्योतिनगरमा पहिरो गएपछि प्राविधिक टोली लिएर अनुगमनका लागि गएका बेला आइतवार मेयर सुवेदीलाई पङ्गेनीले मुक्का प्रहार गरेका प्रहरीले बताएको छ ।

    पहिरो पीडितलाई सहयोग गर्नु र साथ दिनुको साटो अनुगमन मात्रै गरिरहेकाले मुक्का प्रहार गरेको पङ्गेनीले बताएका छन् । मेयर सुवेदी एमाले रुपन्देहीका अध्यक्ष पनि रहेका छन् ।

    पक्राउ परेको पङ्गेनीलाई शान्ति सुरक्षा तथा दुर्व्यवहार सम्बन्धी मुद्दा चलाएर कारबाही गरिने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

    गएको भदौ १३ गते ज्योतिनगरमा पहिरो खस्दा दुई दर्जन घरमा क्षति पुर्याएको थियो । आइतवार पनि त्यही ठाउँका सात घर पुरिएका छन् ।

    २०५५ सालमा यो ठाउँमा पहिलो पटक पहिरो गएको थियो । त्यतिबेला ५७ घर पुरिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images