images
images
  • आजको मौसम : मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना , कहाँ कस्तो?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । तराई भू–भागमा आंशिक बदली रहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    काठमाडौं उपत्यकामा आज अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “आज काठमाडौंमा केही समय मौसम खुले पनि अपराह्नपछि पानी पर्नेछ,” मौसमविद् शाक्य भन्छिन्, “काठमाडौंमा भारी वर्षाको भने सम्भावना छैन ।”

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    काठमाडौं आज राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन मौसमविद् शाक्यको आग्रह छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images