काठमाडौं । गौरीशंङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखाको आयोजनामा अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी ३ दिने कार्यशाला आयोजना गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको अनुसन्धान लेखन र प्रकाशन सम्बन्धी ३ दिने तालिम दोलखा जिल्लाका ११ क्याम्पसका २४ जना प्राध्यापक हरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पसलाई अनुसन्धान बैंकको रुपमा स्थापना गर्ने योजना अनुरुप तालिम कार्यक्रमको आयोजना गरेको वताउनु भयो । कार्यक्रममा शुभकामना दिदै अध्यक्ष मानन्धरले क्याम्पसले हिमाली भूगोलको अनुसन्धान गर्ने,वौद्धिक नेतृत्व उत्पादन गर्ने ,ज्ञानको खोज गर्नेलाई ज्ञान वितरण गर्न सक्ने सक्षम क्याम्पस बनाउन कार्यशाला उपयोगी हुने धारणा राख्नु भयो ।
हिमाली विश्व विद्यालय बनाउने परिकल्पना गर्दै अगाडि बढेको यो क्याम्पस सोही अनुसारको भौतिक निर्माणमा लम्कदै गरेको कुरा स्मरण गराउँदै सम्भव बनाएर छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा शुभकामना दिँदै सञ्चालक समितिका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडाले मुलुककै अब्वल क्याम्पस बनाउने अभियानमा सञ्चालक समिति जुटिरहेको धारणा राख्नु भयो । भौतिक सुधारसंगै शैक्षिक गुणस्तरको विकासका लागि अनुसन्धानमूलक तालिम कार्यक्रम उपयोगी हुने धारणा राख्दै प्राप्त ज्ञानलाई क्याम्पसकोे हितमा प्रयोग गर्न सहभागीलाई सुझाव दिनुभयो ।
ज्ञान उत्पादन शैक्षिक गुणस्तरको सूचक अनुसन्धान महत्वपूर्ण पाटो भएको भन्दै क्षमता विकासका लागि प्राध्यापकहरु बीच कार्यशाला कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो । क्याम्पस प्रमुख शान्त केसीका अनुसार विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्न तोकेका मापदण्ड अनुसारको काम ८० प्रतिशत सम्पन्न भएको छ । विश्व विद्यालय अनुदान आयोगले तोकेका मापदण्ड पूरा गर्न क्याम्पसको पूर्वाधारका लागि समय लाग्ने भएकोले अबको १ वर्षभित्र तोकेको मापदण्ड पूरा गरी गुणस्तर सुनिश्चितताको प्रमाण पत्र लिन सकिने क्याम्पसले जनाएको छ । क्याम्पसले आन्तरिक तथा वाह्य अनुसन्धानात्मक कार्य अन्तरगत क्याम्पसमा अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक भौतिक व्यवस्थापन, अनुसन्धान सम्वन्धी विभिन्न गोष्ठी तथा कार्यक्रम आयोजना,एमफिल अध्ययनका लागि क्याम्पसका प्राध्यापकहरुलाई प्रोत्साहन, विद्यार्थी तथा प्राध्यापकहरुलाई अनुसन्धाका लागि आवश्यक आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
कार्यक्रममा विषय विज्ञ एवं कार्यशालाका सहज कर्ता प्राध्यापक डाक्टर बालमुकुन्द भण्डारीले अनुसन्धानको महत्व र विश्व विद्यालका कार्यको विषयमा जानकारी गराउनु भयो । कार्यक्रमको सहजीकरण विषय विज्ञ प्रा.डा. बालमुकुन्द भण्डारी र उपप्राध्यापक विश्वराज जोशीले गर्नुभएको छ ।
देशभरका विभिन्न विश्व विद्यालय अन्तरगत रहेका १ हजार ३ सय ८५ क्याम्पस मध्ये ८६ विश्व विद्यालय अनुदान आयोगको त्तब्ब् प्रक्रियामा सहभागी भइ पहिलो चरणको प्रक्रियामा छनौट भएका छन् । देशभरीका उक्त क्याम्पस मध्ये त्तब्ब् (गुणस्तर सुनिश्चितता प्रमाणपत्र)अनुदान लिनको लागि गौरीशंकर क्याम्पस पनि प्रक्रियाको अन्तिम चरणमा रहेको छ ।
दोलखाकै पहिलो र अग्रणी क्याम्पसको रुपमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा शिक्षा शास्त्र संकायमा स्नातकोत्तर तह(अग्रेजी,नेपाली र शैक्षिक योजना र व्यवस्थापन),स्नातक तहमा मानविकी,शिक्षा शास्त्र र व्यवस्थापन संकाय र कक्षा ११ र १२ गरी हाल १२ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।






विश्व खबर 




















