images
images
  • संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

    काठमाडौं ।  संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ ।

    पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार शेर्पाको बाँकी कैद मिनाहा गरिएको हो । तीनै जना कर्तब्य ज्यान मुद्दा (हत्या)मा कैद सजाय काटिरहेका थिए ।

    ५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाकाे बाँकी कैद मिनाहा गरिएकाे ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताए ।

    १० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौमहिना कैद भुक्तान गरेको खवासले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images