images
images
  • नेतृ रामकुमारी झाँक्री भन्छिन्, ‘ महिनाभित्रै मुख्यमन्त्री शाक्य र आचार्यलाई हटाउँछौं’

    • images
    • २ आश्विन २०७८

    सिन्धुली — नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले बागमती र प्रदेश-१ का मुख्यमन्त्रीलाई एक महिनाभित्र हटाउने बताएकी छिन् । सिन्धुलीमा शनिबार आयोजित  एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश- १ का भीम आचार्यलाई इंगित गर्दै उक्त धारणा राखेकी हुन् ।

    उनले राजनीतिक जीवनलाई दाउमा राखेर एक महिने सरकार चलाउन गएकाहरु पछुताउने दाबी पनि गरिन् । सांसद झाँक्रीले एक महिना काट्ने सुविधा नभएका प्रदेश मुख्यमन्त्रीहरुको ७ दिने मन्त्री खान जानु जग हँसाउने काम भएको टिप्पणी गरिन् । पार्टी गठनको अन्तिम समयमा पिठ्यूँ फर्काएर हिँडेका १० जना नेतालाई  नेतृ झाँक्रीले अब नेकपा (एस) मा नभित्र्याउने बताइन् । उनीहरुले एकीकृत समाजवादीमा आबद्ध हुन ढिलो गरे ढोका बन्द हुने झाँक्रीको भनाइ थियो । एमाले कार्यदलमा रहेकाहरुलाई आत्मसमर्पण गरेमात्र आफ्नो पार्टी नेकपा (एस) मा भित्र्याउने झाँक्रीले खुलाइन् ।

    मुलुक लुट्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप लगाउँदै नेतृ झाक्रीले लोभिपापी एमालेमा गएको बताइन् । एमालेभित्रका क्रान्तिकारीहरुलाई विद्रोह गरेर भत्काउने क्रम सुरु भएको दाबी गर्दै उनले आफूहरुले पार्टी फुटाएको नभइ विद्रोह गरेको जिकिर गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images