images
images
  • करिश्मालाई एमाले अध्यक्ष ओलीको फोन, मानन्धर छक्क !

    काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेका छन्।नायिका मानन्धरले पूर्वप्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको कुरा शुक्रबार राति सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।फोन आउँदा आफ्नो मोबाइल स्क्रिनमा केपी शर्मा ओली नाम आउँदा छक्कै परेको उनले बताएकी छन्।

    ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा K.P Sharma Oli भन्ने आयो म छक्क परेँ’, नायिका मानन्धरले भनेकी छन्, ‘मजाक हो कि भन्ने पनि लाग्यो, तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो।’

    ओलीको आवाज सुन्दा घरको मूलीले छोराछोरीलाई बोलाएजस्तो महसुस भएको उनले उल्लेख गरेकी छन्।फोनवार्तामा ओलीले आ​फूलाई परीक्षा कस्तो चल्दै छ भनेर सोधेको उनले जानकारी दिएकी छन्।

    करिश्माका अनुसार ओलीले सोधे, ‘करिश्मा परिक्षा कस्तो भइरहेको छ?’

    करिश्मा : हजुर ठीक छ सर!! तपाईं केपी ओली?????’

    ओली : अ हो! विश्वास लागेन!!!’

    करिश्मा : ‘लागेन सर!!’

    त्यसपछि एमाले अध्यक्ष ओलीले डुंगाको कथा सुनाए। अनि बल्ल आफूलाई फाेन गर्ने मानिस पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नै हो भनेर विश्वास लागेको अभिनेत्री मानन्धरले उल्लेख गरेकी छन्।

    ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै नायिका मानन्धरले एमाले अध्यक्ष ओलीलाई धन्यवादसमेत दिएकी छन्।

    नायिका मानन्धरले फेसबुकमा लेखेकी छन्, ‘आधुनिकताको यो दौडमा सदभाव र मायाको दूरी मेटाउन यत्रो ठूलो मान्छे भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यवाद केपी बुवा।’

    तर एमाले अध्यक्ष ओलीले त्यसरी आफूलाई अचानक फोन गर्नुको कारण के हो भन्ने कुरा नायिका मानन्धरले खुलाएकी छैनन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images