images
images
  • डेब्युमै चम्किए प्रिती र सबिता

    काठमाडौं-प्रिती राई र सबिता राना राष्ट्रिय महिला फुटबल टिमको डेब्यु खेलमै चम्किएका छन् ।

    बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा बिहिबार राष्ट्रिय टिमबाट डेब्यु गरेका दुवै खेलाडीले पहिलो खेलमै गोल गरेका छन् ।

    सबिताले पहिलो हाफको १३ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् । प्रितीले २३ औं मिनेटमा नेपालको अग्रतालाई दोब्बर बनाउने काम गरिन् ।

    सबिता फरवार्ड र प्रिती मिडफिल्डरको रुपमा राष्ट्रिय टिमबाट डेब्युको अवसर पाएका थिए ।मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा दुवै खेलाडीलाई सुरुवाती ११ मा मौका दिएका थिए ।

    एसियन कप छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ ।बिहिबार पहिलो खेल हुनेछ भने दोस्रो खेल आईतबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images