काठमाडौं-नेपालको चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार केहीबेरअघि कतार हुँदै काठमाडौं आएसंगै एमसीसीबारे थप प्रष्ट्याउँदै उच्च भेटघाटका लागि एमसीसीकी उपाध्यक्ष फतिमा सुमार एमसीसी लगाएतका अधिकारी आएकै बेला पारेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाहिर विरोध प्रदर्शन भएको छ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स बिहान सवा ९ बजे कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकोले यसको खारेजीको माग गर्दै विमानस्थलको मूल गेटअगाडि प्रदर्शन गरिएको छ ।
प्रहरीले केही प्रदर्शनकारीलाई धरपकडसमेत गरेको छ । एमसीसी अधिकारीको आगमन र विरोध प्रदर्शनलाई लक्षित गरी विमानस्थलको सुरक्षा अत्यत्नै कडा पारिएको थियो ।अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको स्रोतले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
ध्यक्ष सुमार विमानस्थलमा उत्रिएका बेला कारमा आएका केही व्यक्तिहरूले मुख्य गेट बाहिर एमसीसीविरुद्ध नाराबाजी गर्दै विरोध गरेका हुन् । ‘नो एमसीसी’ लेखेका टि-सर्ट लगाएका एक व्यक्ति कारबाट बाहिर निस्किएर एमसीसीविरुद्ध नारा लगाएका थिए । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । अर्का व्यक्तिले भने कारभित्रैबाट एमसीसीको विरोध गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा त लिएन तर कार त्यहाँबाट हटाएको थियो ।
चारदिने नेपाल बसाइँको क्रममा उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।उनको आगमन र एमसीसीको विरोधमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार बिहानैदेखि सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालन गरिएको छ ।
सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना नेपालमा राजनीतिक खिचातानीका कारण अझै अगाडि बढ्न सकेको छैन ।हालै नेपाल सरकारले स्पष्ट हुन खोजेका विषयमा एमसीसीले जवाफ पठाएको छ । सो क्रममा एमसीसीले अमेरिकी सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग यसको सम्बन्ध नभएको जनाएको छ ।












विश्व खबर 


















