images
images
  • फुटसल लिगको उद्घाटनमा द राइजिङ र स्काई गोल्स भिड्ने

    काठमाडौं – पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक गरेको हो ।

    पोखरा रंगशाला परिसरमा रहेको कबर्ड हलमा उद्घाटन हुने खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स फुटसलबीच प्रतिस्पर्धा हुनेछ । फुटसल लिग १८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुनेछ । जसमा देशभरबाट १० क्लबको सहभागिता रहने छ ।

    प्रतियोगितामा सहभागी १० टोलीलाई सिंगल राउण्ड रोविनको आधारमा खेलाइने छ । अन्तिममा शिर्ष ४ क्लबलाई प्लेअफको आधारमा खेल खेलाइने एन्फाले बताएको छ । पहिलो प्लेअफको विजेता सिधै फाइनल पुग्नेछ भने बाँकी टोलीले इलिमेटर राउण्ड खेल्नुपर्ने छ ।

    लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेता दोस्रो टोलीले ५ लाख पाउने छ । यस्तै प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् ।

    सहभागी क्लब :

    फुटसल ५ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरि युथ क्लब, स्काई गोल्स फुटसल, स्पोर्टस् क्यासल, सविन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झर्ना स्पोर्टस् क्लब ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images