images
images
  • नख्खु कारागारमा कैदीबन्दी र नाइकेबीच झडप

    काठमाडौं – ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । नख्खु कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ ।

    स्रोतका अनुसार बोल्दा असभ्य भाषाको प्रयोग गरेको र नाइकेहरुले कारागारभित्रको होटलको खानेकुराको मूल्यदर बढाएको भन्दै झगडा उत्पन्न भएको हो ।

    कारागार क्षेत्रमा प्रहरी टोली खटाएको ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् । ‘भाषा प्रयोग गर्ने विषय र खानेकुरा तथा सामान खरिदको विषयमा झगडा भएको खबर आएको छ,’ उनले भनिन्,‘भर्खरै प्रहरी त्यसतर्फ पठाएका छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images