काठमाडौं – एउटा नेपाली गीत छ उडायो सपना सबै हुरीले … भन्ने । पूर्व मुख्यसचिव एकनारायाण अर्यालको जीवनमा यही गीत लागु भएको छ। मुख्य सचिव बनिसकेपछि उनी अख्यियार प्रमुख बन्ने लाइनमा थिए। तर मलेसिया काण्डले उनको लाईन भताभुङ्ग पारिदिएको छ।
स्याङ्जाको पुतलीबजारमा जन्मे–हुर्केका पुर्व मुख्य सचिव एकनारायण अर्याललाई समकक्षीहरू निकै चतुर व्यक्तिका रूपमा चिनाउँछन्।
‘जस्तो परिस्थिति आउँछ, त्यसैमा आफूलाई ढाल्न सक्ने खुबी भएका व्यक्ति हुन्,’ उनीहरू भन्छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्ने कसरतमा थिए र त्यसका लागि मुख्यसचिव भएकै बखत लबिइङ पनि गरिरहेका थिए।
नेपाल सरकारको सेवाबाट अवकाशप्राप्त अधिकारीले कम्तीमा २ वर्ष कुलिङ–अफ पिरियडमा बस्नुपर्ने गरी कानुन बन्न थालेपछि उनले सचिवहरूको नेतृत्व गरेर दलका नेताहरूलाई भेट्दै हिँडेका थिए। यद्यपि त्यही बेला जेनजी विद्रोह भएपछि त्यो कानुन र अर्यालको महत्त्वाकाङ्क्षा अलपत्र परेका थिए।
कक्षा १० मा पढ्दा बुबासँगै जिल्ला प्रशासन कार्यालय पुग्दा सीडीओको रवाफ देखेर एक दिन आफू पनि सीडीओ बन्ने लक्ष्य राखेको उनले बताएका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन पढेका उनी २०४६ माघ ४ मा सामान्य प्रशासन सेवामा नायब सुब्बा भए।
२०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव र २०६७ फागुन १९ मा सहसचिव भए। तनहुँ, मकवानपुर र काठमाडौँका सीडीओ, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख र कोलकातामा महावाणिज्यदूत भए।
२०७६ फागुन १८ मा सचिव बनेपछि उनी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भए र त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसे। त्यसपछि श्रम मन्त्रालयमा खटिए।
पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा सचिव भए। एमाले सत्तामा हुँदा आकर्षक अवसर पाएका उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्थे।
२०८१ असार ९ मा तत्कालीन मुख्यसचिव डा। बैकुण्ठ अर्यालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भयो। माओवादी नेतृत्वको सरकार हुँदा सचिव रामकृष्ण सुवेदीको सम्भावना बढी थियो। तर असार अन्तिममा ओली प्रधानमन्त्री बनेपछि समीकरण फेरियो।
कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई साउन १० मा मुख्यसचिव बनाइयो र भदौ १३ मा उनी अवकाश भएलगत्तै वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई प्रधानमन्त्री ओलीले मुख्यसचिव बनाए। ५८ वर्षको उमेरहदका कारण उनी २०८२ मङ्सिर ९ मा अवकाश भएका थिए।
पूर्वमुख्यसचिव एकनारायण अर्यालको प्रशासनिक यात्रा अहिले गम्भीर विवादमा परेको छ। कुनै समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्ने आकाङ्क्षा राखेका अर्याल मलेसियासँग जोडिएको प्रकरणमा अनुसन्धानका लागि हिरासतमा पुगेका छन्।
अख्तियार प्रमुख बन्ने आकाङ्क्षा
अर्याल मुख्यसचिव रहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्ने योजनामा रहेको चर्चा प्रशासनिक वृत्तमा थियो। त्यसका लागि उनले राजनीतिक तहमा समेत लबिइङ गरेको बताइन्छ।
सरकारी सेवाबाट अवकाशप्राप्त अधिकारीहरूलाई कम्तीमा दुई वर्ष कुलिङ पिरियडमा राख्ने गरी कानुनी व्यवस्था अघि बढ्दा उनी सचिवहरूको नेतृत्व गर्दै राजनीतिक दलका नेताहरू भेट्न पुगेका थिए। प्रस्तावित व्यवस्थाले अवकाशपछि संवैधानिक तथा सार्वजनिक पदमा पुग्ने बाटो बन्द गर्न सक्ने भएकाले उनीहरू त्यसको विपक्षमा सक्रिय भएका थिए।
तर जेनजी आन्दोलनपछि राजनीतिक समीकरण फेरियो। कुलिङ पिरियडसम्बन्धी बहस र अर्यालको भावी योजनासमेत अन्योलमा परे।
सीडीओ बन्ने सपना, मुख्यसचिवसम्मको यात्रा
अर्यालले एक अन्तर्वार्तामा कक्षा १० मा पढ्दै गर्दा बुबासँग जिल्ला प्रशासन कार्यालय पुगेको प्रसङ्ग सुनाएका थिए। त्यहाँ प्रमुख जिल्ला अधिकारीको रवाफ देखेपछि आफू पनि एक दिन सीडीओ बन्ने सपना देखेको उनको भनाइ थियो।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा कानुन अध्ययन गरेका उनी २०४६ माघ ४ गते नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए।
२०५१ फागुन ४ गते शाखा अधिकृत, २०५८ माघ ६ गते उपसचिव र २०६७ फागुन १९ गते सहसचिव बनेका अर्यालले तनहुँ, मकवानपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरे। गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख तथा कोलकातास्थित नेपाली महावाणिज्यदूतको जिम्मेवारीसमेत सम्हाले।
२०७६ फागुन १८ गते सचिव बनेका उनी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र श्रम मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयसम्म पुगे।






















