images
images
  • एमसीसीअन्तर्गतका आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

    काठमाडौँ — अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल ९एमसीए–नेपाल० अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने निर्णय सरकारले गरेको छ ।

    केही साताअघि बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० को संयुक्त लगानीमा सञ्चालित आयोजनासहित विभिन्न परियोजनाको म्याद थप्ने विषयमा निर्णय गर्ने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको थियो। तर, सरकारका प्रवक्ताले सार्वजनिक गरेको ब्रिफिङमा यसबारे जानकारी दिइएको थिएन।

    ‘आयोजनाको अवधि एक वर्ष थप्ने निर्णयबारे एमसीसीलाई जानकारी गराउने जिम्मेवारी मन्त्रीपरिषद्ले अर्थ मन्त्रालयलाई दिइसकेको छ,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘यसका लागि थप खर्च लाग्ने छैन। आयोजनाको प्रभावकारी कार्यान्वयन अवधि पाँच वर्ष नै कायम रहनेछ।’

    अमेरिकी अनुदानमा सञ्चालित आयोजनाको म्याद थप्न एमसीए–नेपालले पहल गरेको थियो। उसले गत मे महिनाको मध्यतिर अर्थ मन्त्रालयमा प्रस्ताव पेस गर्दै ७४ करोड ७० लाख अमेरिकी डलरको कम्प्याक्ट सम्झौताको अवधि थप्न नेपाल सरकारका तर्फबाट एमसीसीलाई औपचारिक पत्राचार गर्न आग्रह गरेको थियो।

    एमसीसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम महेन्द्र राजमार्गको एक खण्ड स्तरोन्नति गर्ने आयोजना छन्।

    सरकारको निर्णय अब आगामी महिना बस्ने एमसीसी बोर्ड बैठकमा पेस गरिनेछ। एमसीसीको वेबसाइटअनुसार बोर्डको अर्को बैठक डिसेम्बर ८ मा बस्दै छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियो एमसीसी बोर्डका अध्यक्ष छन्।

    अनिल गिरी काठमाडौं पोस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङरटिप्पणी लेख्छन् ।

    ह्युमन राइट्स वाचको प्रतिवेदन स् खाडीको द्वन्द्वले मिटरब्याजको पासोमा नेपाली श्रमिकका परिवार
    ऋण तिर्न नसक्दा साहुमहाजनले जग्गा हडप्ने, घरबाट निकाल्ने, कुटपिट गर्ने र यौनशोषणसमेत गर्ने गरेको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले सरकारको ध्यानाकर्षण गराएको छ ।
    कान्तिपुर दैनिकबाट

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images