काठमाडौं – १२औँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जितेका छन् । शनिबार बिहान बीपी चोकबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै उनले पहिलो स्थान हासिल गरेका हुन् । प्रतियोगितामा नेपाली धावक कुलबहादुर दोस्रो र कृष्णबहादुर तेस्रो स्थानमा रहे ।
यस जितसँगै नेपालगञ्ज म्याराथनको इतिहासमा पहिलोपटक उपाधि विदेशी खेलाडीले जितेका छन् । जुलियसको सफलताले यसअघिका संस्करणमा नेपाली धावकले कायम राख्दै आएको उपाधिमाथिको वर्चस्वसमेत तोडिएको छ ।
देश तथा विदेशका धावकहरूको सहभागिता रहेको प्रतियोगिताले नेपालगञ्जको खेलकुद पहिचानलाई थप उचाइ दिएको छ । म्याराथनले खेलकुदसँगै स्वास्थ्य, पर्यटन र सामाजिक एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्





















