images
images
  • नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणको पहिलो दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीमा भेटवार्ता गरेका छन्। आइतबार साँझ प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।

    नयाँदिल्लीस्थित ताजमहल होटलमा उनीहरूबीच भेटवार्ता भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरिरहेका छन्।

    प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ७ र ८ गते दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन्। भ्रमणका क्रममा उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा निर्णायक द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images