images
images
  • अस्ट्रेलियामा अभिभावक भिसा बन्द गर्ने प्रस्ताव, नेपाली परिवार पनि प्रभावित हुन सक्ने

    काठमाडौं– अस्ट्रेलियाको दक्षिणपन्थी दल वान नेसनले आप्रवासीका बाबुआमा तथा हजुरबुबा–हजुरआमालाई स्थायी रूपमा ल्याउन दिइने अभिभावक भिसा बन्द गर्ने प्रस्ताव अघि सारेको छ ।

    दलकी नेतृ तथा सिनेटर पाउलिन ह्यान्सनले सार्वजनिक गरेको नयाँ आप्रवासन नीतिमा स्थायी अभिभावक भिसा खारेज गरी बढीमा १२ महिनाको अस्थायी भिसा दिने प्रस्ताव गरिएको छ ।

    प्रस्ताव कार्यान्वयन भए अस्ट्रेलियामा रहेका नेपालीसहित विभिन्न आप्रवासी समुदाय प्रभावित हुन सक्नेछन् ।

    हाल अभिभावक भिसाका लागि करिब १ लाख ५० हजार आवेदन प्रतीक्षामा छन् ।

    वान नेसनले ती आवेदनको शुल्क फिर्ता गर्ने प्रस्तावसमेत गरेको छ ।

    त्यस्तै, वार्षिक शरणार्थी स्वीकृति २० हजारबाट घटाएर २ हजारमा सीमित गर्ने योजना अघि सारेको छ ।

    अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ र गृहमन्त्री टोनी बर्कले उक्त प्रस्तावको आलोचना गरेका छन् ।

    सरकारले भने वार्षिक २० हजार शरणार्थी स्वीकार्ने नीति कायम राख्ने जनाएको छ ।

    तर वान नेसनको प्रस्ताव राजनीतिक घोषणा मात्रै हो ।

    यो सरकारी नीति वा लागू भइसकेको कानुन नभएकाले अस्ट्रेलियामा अभिभावक भिसा तत्काल बन्द भएको भनेर बुझ्न नहुने अधिकारीहरूले स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images