images
images
  • एमाले केन्द्रीय समितिको बैठकमा कार्यविभाजनको एजेण्डा, जेलमुक्त टोपहादुरले जिम्मेवारी पाउने

    काठमाडौं– पूर्वनिर्धारित कार्यसूची संशोधन गर्दै नेकपा (एमाले)ले आजै केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    यसअघि मंसिर ५ गते बैठक बस्ने कार्यसूची तय भएको थियो ।

    ३ बजेदेखि नै बैठक सुरु गर्ने भनिए पनि केही ढिलो हुन सक्ने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए ।

    बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा जारी राष्ट्रिय भेला अध्यक्ष केपी शर्मा ओलीको मन्तव्यपछि समापन भएको छ ।

    २ बजे भेला समापनपछि खाना खुलेको थियो ।

    खानाकै कारण ३ बजे बस्ने भनिएको बैठकको समय लम्बिएको आचार्यले बताए ।

    बैठकले हालै जेलमुक्त भएका पार्टीका पूर्वसचिव टोपबहादुर रायमाझीको जिम्मेवारी र बाँकी रहेका केही कार्यविभाजनका विषयमा छलफल गर्ने भएको छ ।

    बैठक राष्ट्रिय भेला भएकै स्थानमा बस्ने भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images