images
images
  • युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले मागे चीनको सहयोग

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र चीन दुवैले सहयोग गर्नुपर्ने बताएका छन्।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित तीनै देशका नेताहरूबीच अभूतपूर्व त्रिपक्षीय बैठकको तयारी भइरहेका बेला ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस्तो प्रस्ताव राखेका हुन्।

    सीसँगको भेटमा ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न दुवै देशले भूमिका खेल्न सक्ने बताए।

    उनले भने, ‘हामी रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न दुवै पक्षबाट सहयोग गर्ने विषयमा छलफल गरिरहेका छौँ। म यो युद्ध अन्त्य भएको देख्न चाहन्छु। यस विषयमा म हामी दुवैको तर्फबाट बोल्न सक्छु भन्ने लाग्छ।’

    ट्रम्पले चिनियाँ राष्ट्रपति सीले गरेको भव्य स्वागत र रेड कार्पेट सम्मानप्रति धन्यवाद दिँदै पुटिनसहित हुने त्रिपक्षीय बैठक सफल हुने आशा पनि व्यक्त गरे।

    यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुने त्रिपक्षीय बैठकको अध्यक्षता गर्ने भएका छन्।

    चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार चीनको शेन्जेनमा हुने उक्त बैठकमा तीनै देशका शीर्ष नेताहरू सहभागी हुनेछन्।

    युक्रेनमा जारी युद्ध र इरानको विषयमा छलफल भइरहेका बेला हुन लागेको यो बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। यसअघि ट्रम्पले पुटिन र सीसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरिसकेका छन्।

    अब सीको अध्यक्षतामा हुने तीन देशका नेताहरूको संयुक्त बैठकमा युद्ध अन्त्यलगायतका विषयमा छलफल हुने बताइएको छ।

    -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images