images
images
  • मेरो नेतृत्वको सरकारलाई अपदस्थ गरिएको बैधानिकता दिन चुनावको नाटक मंञ्चन गरिएको होः ओली

     

     

     

     

    काठमाडौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारलाई अपदस्थ गरिएको बिषयलाई र्बैधानिकता दिन गएको फागुन २१ मा चुनावको नाटक मंञ्चन गरिएको आरोप लगाएका छन् ।
    ‘हामीलाई अबैधानिक तारिकाले अपदस्थ गरियो, भयको वातावरण सृजना गरियो , संसदको बिघटन र हाम्रो अपदस्थतालाई बैधानिकता दिन चुनावको नाटक मंञ्चन गरियो’ ओलीले भने ।
    ‘हामीलाई स्वभाविक प्रक्रियाबाट हटाइएको होइन, आगजानी लुटपाटबाट  हटाइएको हो’ ओलीले भने । भदौको जेनजी आन्दोलनको घटनाको सम्झना गर्दै उनले राष्ट्रपति निवासमा सुरक्षा नहुने, त्यही सेनाले भैरव नाथमा राष्ट्रपतिको सुरक्षा गर्न सक्ने यो कस्तो रहस्यमय भएको टिप्पणी गरे। ‘त्यही सेनाले राष्ट्रपति निवासमा किन सुरक्षा दिन नसकेको ? ओलीको प्रश्न थियो ।
    गएको भदौमा जेनजी नाममा भएको आन्दोलन नेपालको राजनीतिमा ठुलो अपराध भएको उनको टिप्पणी थियो । ‘राजनीतिक इतिहासमा यस्तो निर्वाध अपाराध कहिल्यै भएको थिएन , २३ गते त्यत्रा मान्छे किन मारियो? हाम्रो टाउकोमा अपराध हालरे भोलिपल्टको लुटपाट र आगजानी गरेर अपराध गर्नका लागि हो’ ओलीले भने
    विश्व लागेर सिध्याउछु भन्दापनि एमाले उस्तै बलियो रहेको ओलीको दाबी थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images