काठमाडौं – झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकखण्डमा गएराति भएको दुर्घटनामा दुई युवकको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठकका अनुसार दुर्घटनामा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको मृत्यु भएको हो।
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किएपछि दुवै युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको ।
प्रतिक्रिया दिनुहोस्






















