काठमाडौं – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लमहीबाट गढवातर्फ जाँदै गरेको मोटरसाइकल आज बिहान राप्ती पुलमा दुर्घटना भएको हो । दुर्घटनामा गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार दुर्घटनामा सोही स्थानका १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















