काठमाडौं – मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
प्रारम्भिक विवरणअनुसार सुमोमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने सात जना घाइते भएका छन् ।
दुर्घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइते र मृतकलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । मृतकको पहिचान, घाइतेको अवस्था तथा दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्






















