काठमाडौ – एमालेको राष्ट्रिय भेला आज सकिने भएको छ । प्रचार बिभाग प्रमुख निरज आचार्यका अनुसार भेला सकेर ३ बजे केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समितिको बैठकले भेलाले गरेका निर्णयहरु कार्यान्वयनको योजना बनाउने छ ।
आजको भेलालाई पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नेछन् । विभिन्न प्रस्ताव पारित गरेपछि भेला समापन हुने छ ।
भेलाले समसामयिक प्रस्तावहरू पारित गर्नेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ । केन्द्रीय समितिको बैठक ३ बजेदेखि बस्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्






















