images
images
  • काठमाडौंलाई हराउँदै चितवन पहिलोपटक क्वालिफायरमा, प्रतिस्पर्धी सुदूरपश्चिम

    काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज पहिलो पटक क्वालिफायरमा पुगेको छ।

    काठमाडौं २०५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रनमा समेटिएपछि चितवनले क्वालिफायरमा स्थान पक्का गरेको हो।

    काठमाडौंका लागि विलियम वसिस्टोले सर्वाधिक ३७ रन बनाए। त्यस्तै सेहानले २४ र रसिद खानले १२ रनको योगदान दिए। सोनु देवकोटा ६, साम हेजलेट ३, साहिल पटेल २ र कप्तान करण केसी तथा जहानदाद खान एकएक रन बनाएर आउट भए ।

    बलिङतर्फ चितवनका रिजन ढकालले ४ विकेट लिए। उनले ४ ओभरमा १६ रनमात्रै खर्चेर ४ विकेट लिएका हुन्। साथै रिजन एनपीएल तेस्रो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।

    त्यस्तै उसामा मिरले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिँदा सहाहुद्दिन खान र कुशल मल्लले समान एकएक विकेट झारे।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रनको योगफल तयार गरेको हो।

    चितवनको लागि ओपनर मिसाराले सर्वाधिक १२० रनको योगदान दिए। उनले ५३ बलमा ४ चौका र ८ छक्का सहयोगमा शतक पूरा गरे।

    त्यस्तै कप्तान रविले ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५३ रन बनाए। अर्का ओपनर देव खनाल १७ रन बनाएर आउट हुँदा डेविड मलान विनारन पेभेलियन फर्किएका थिए।

    बलिङतर्फ काठमाडौंका लागि करण केसी र रासिद खानले समान २–२ विकेट लिए।

    आजको विजेता चितवनले भोलि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी फाइनलमा पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images