काठमाडौं । नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) अवधिमा आफ्नो कुल खुद घाटा उल्लेख्य रूपमा घटाएका छन् ।
समीक्षा अवधिमा सञ्चालित बीमा कम्पनीहरूको कुल खुद घाटा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ३६.६४ प्रतिशतले घटेर १ अर्ब २३ करोड ९१ लाख ४७ हजार ८५ रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा क्षेत्रले कुल १ अर्ब ९५ करोड ६४ लाख ४५ हजार ६३२ रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल प्रिमियम संकलन तथा व्यावसायिक कारोबार भने स्थिर रहेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीहरूले कुल ३ अर्ब ६५ करोड ८३ लाख ५५ हजार ४७५ रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका छन्, जुन गत वर्षको सोही अवधिमा ३ अर्ब ६५ करोड ४४ लाख २ हजार ५२४ रुपैयाँ रहेको थियो ।
कुल व्यावसायिक वृद्धि स्थिर रहे पनि कम्पनीहरूको कुल ब्याज आम्दानीमा भने १६.८० प्रतिशतको सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ४२ लाख ५६ हजार ४३ रुपैयाँ रहेको कुल ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ८५ करोड ७६ लाख ३४ हजार ३०६ रुपैयाँ पुगेको छ ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा सञ्चालित १४ मध्ये ६ वटा कम्पनीहरू खुद नाफामा रहेका छन् भने ८ वटा कम्पनी अझै घाटामा सञ्चालित छन् । नाफा आर्जन गर्ने कम्पनीहरूमध्ये राष्ट्रिय बीमा कम्पनी ३१ करोड ८२ लाख १७ हजार ५६ रुपैयाँ नाफा कमाउँदै शीर्ष स्थानमा रहन सफल भएको छ, जुन गत वर्ष ९ करोड ९५ लाख ९ हजार ८३० रुपैयाँ घाटामा रहेको थियो ।
त्यसैगरी प्रभु इन्स्योरेन्सले ६ करोड ६८ लाख ९ हजार ५८२ रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ करोड ९१ लाख २२ हजार ४५५ रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार २६४ रुपैयाँ र आईजीआई प्रुडेन्शियलले ३ करोड ३ लाख २४ हजार ८७३ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै नेसनल इन्स्योरेन्सको नाफा ९८.१६ प्रतिशतले घटेर ७० लाख १२ हजार ४९१ रुपैयाँमा सीमित भएको छ ।
अर्कोतर्फ आठ वटा बीमा कम्पनीहरू घाटामा सञ्चालित छन्, जसमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स १ अर्ब ६१ करोड ५५ लाख ६९ हजार १३६ रुपैयाँ खुद घाटामा रहँदै सर्वाधिक घाटा व्यहोर्ने कम्पनी बनेको छ ।
यसैगरी नेको इन्स्योरेन्स ८१ करोड ८७ लाख १५ हजार ४६२ रुपैयाँ, हिमालयन एभरेस्ट ४० करोड ९१ लाख ६४ हजार १८४ रुपैयाँ, ओरियन्टल बीमा ३२ करोड ६० लाख १९ हजार ९६४ रुपैयाँ, सानिमा जीआईसी २९ करोड ३७ लाख ६६ हजार ७३ रुपैयाँ, सगरमाथा लुम्बिनी २० करोड ९८ लाख ३२ हजार ८१५ रुपैयाँ, नेपाल इन्स्योरेन्स २० करोड ४७ लाख २७ हजार ९१८ रुपैयाँ र अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार ८७३ रुपैयाँ खुद घाटामा रहेका छन् ।
यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी रकममा भने ३९.६३ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ । गत वर्षको साउन–असोज अवधिमा ५ अर्ब ६९ करोड १० लाख ३३ हजार ३० रुपैयाँ दाबी भुक्तानी भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ७ अर्ब ९४ करोड ६३ लाख ७१ हजार २५ गर् १५९ रुपैयाँ पुगेको छ ।
दाबी भुक्तानी गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सर्वाधिक १ अर्ब ५९ करोड १२ लाख २७ हजार २५९ रुपैयाँ र शिखर इन्स्योरेन्सले १ अर्ब ३४ करोड ८० लाख ३ हजार २९१ रुपैयाँ दाबी भुक्तान गरेका छन् ।






















