images
images
  • इजरायलको प्रधानमन्त्री प्रस्तावित आइसेनकोटका चुनौती

    काठमाडौं- इजरायलका राष्ट्रपति आइजाक हर्गोजले आइतबार प्रधानमन्त्री घोषणा गर्नेछन् । बहुमत विधायकहरूले बेन्जामिन नेतान्याहुलाई छाडेर गादी आइसेनकोटलाई चयन गरेपछि संसद्को समीकरण मिलेको हो ।

    नेसेटका १२० जना विधायकहरूसँग छलफल गरेपछि बहुमत विधायकहरू गादी आइसेनकोटको पक्षमा लागेका हुन् । पूर्वसेना प्रमुख आइसेनकोटका पक्षमा ६७ जना विधायकहरू उभिएका छन् । ४६ जना नेतान्याहुको पक्षमा छन् ।

    अक्टोबर २७ का दिन इजरायलमा भएको निर्वाचनमा आइसेनकोट या नेतान्याहुको पक्षमा बहुमत पुगेको थिएन । पूरै विभाजन भएको देशमा नयाँ सरकारको स्वरूप तय गर्न राष्ट्रपतिका लागि कठिन काम थियो ।

    नेतान्याहुको दलले सबैभन्दा धेरै २७ सिट जितेको थियो । उनीसहितका गठबन्धनले ५३ सिटमा सफलता पाएको थियो । चार यहुदीवादी नेताको गठबन्धनको नेता आइसेनकोटको ब्लकले ४८ सिटमा सफलता पाएको छ ।

    आइसेनकोट मध्य वामपन्थीबाट दक्षिणपन्थीमा परिणत भएका थिए । सुरुमा दुवै दलसँग अरबसहितको गठबन्धनसँग सहकार्यको सम्भावना थियो । यस अप्ठेरो समयमा आइसेनकोट र अरब गठबन्धनको बीचमा सहकार्य भएको थियो ।

    israel gadi netanyahu

    ‘यस सरकारलाई हटाउन हामीले केही नयाँ सरकारको बाटो खोलेका हौं’, एलायन्स अरब पार्टीका अहमद तिबीले भने । आइसेनकोटको दल यासेरले सन् २०१५ यता कुनै पनि दलले सबैभन्दा धेरै ६७ जनाको समर्थन पाएको हो । तसर्थ सो दलले जतिसक्दो छिटो प्रधानमन्त्री घोषणाको कुरा गरेको हो ।

    नेतान्याहुसँग लामो समयदेखि सहकार्य गर्दै आएको युनाइटेड तोराह यहुदीजमले पनि सहकार्य नगर्ने घोषणा गरेको छ । डेमोक्रेटका सदस्य यारिभ ओपन हेइमरले आइसेनकोटको दललाई साथ दिएका छन् । उनले पनि अब राष्ट्रपतिले घोषणाका लागि कुनै ढिलाइ गर्न नपर्ने बताएका छन् । राष्ट्रपतिले एक पटक आह्वान गरेपछि २८ दिनमा सरकार गठन आवश्यक छ । यस समयमा सरकार गठन नभएमा अर्को १४ दिन थप हुन सक्नेछ ।

    अर्को सरकार गठन नभएसम्म नेतान्याहु कामचलाउ प्रधानमन्त्रीको रूपमा यथावतै रहनेछन् । सरकार हट्ने प्रबल सम्भावनामा रहेका नेतान्याहुले चुनावको क्रममा अवैध कालम भएको बताउँदै आएका छन् । उनले अरब गठबन्धनले बढी स्थान पाएकोमा आपत्ति जनाएका छन् ।

    नेतान्याहुको आरोपका बाबजुद निर्वाचन अयोगले मतदानमा कुनै शङ्का नभएको र यो जनमतको उचित कदर हुने जनाइसकेको छ । राष्ट्रिय सुरक्षामन्त्री एवम् नेतान्याहु सरकारका अति दक्षिणपन्थी नेता इतमार बेन गिभिरले अरब नेताहरूलाई तत्काल गिरफ्तार गर्न माग गरेका थिए ।

    अमेरिकाको सहयोगको अर्थ

    trump and netanyahu Le6yy1wraI

    अमेरिकाको निर्वाचनमा धेरै मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा धेरै खर्च गरेको कारण यसको असर आफ्नो देशमा परेको भन्दै आक्रोश देखाएका थिए ।

    निर्वाचनमा यसको असर पनि देखिएको थियो । ट्रम्पले पनि नेतान्याहुको पक्षमा आफूलाई बारम्बार उभ्याएका थिए । नेतान्याहुको विकल्प अमेरिकाले खोजेमा आफूले सहयोग गर्ने सवालमा पनि निश्चित नभएको बताए ।

    इजरायलमा अहिले फरक धारणा देखिन थालेको छ । पूर्वप्रधानमन्त्री याइर लेपिडले अमेरिकीहरू इजरायलीप्रति नकारात्मक नभएको बताउँदै केही व्यक्तिका कारणमात्र यसो भएको कुरामा जोड दिए । उनले नेतान्याहु सत्ता ढल्नेबित्तिकै आम अमेरिकीहरू इजरायलप्रति सकारात्मक हुने कुरामा विश्वास व्यक्त गरेका छन् ।

    अर्का प्रतिपक्षी नेता इबिगडोर लिबरम्यानको चिन्ता भने फरक छ । उनका अनुसार अहिले नै इजरायलको रक्षा बजेट बढी छ । अमेरिकी सहयोग रोकिएमा इजरायलले आफ्नै खर्चमा यी सबै व्यहोर्न पर्छ । यसकारण अमेरिकाले सहयोग रोक्ने सम्भावना कम छ । यदि अमेरिकाले सहयोग नगरेमा इजरायलले पनि युद्धविराममा जोड दिनुपर्ने उनको धारणा छ ।

    धेरै समानता छ नेतान्याहु र आइसेनकोटबीच

    netanyahu gadi

    पूर्वसेना प्रमुख आइसेनकोट र नेतान्याहुको बीचमा धेरै विषयमा समानता छ । दुवैको सैन्य अभ्यासमा रुचि छ । मोरक्कन यहुदी समुदायमा आइसेनकोट सन् २०१५ देखि २०१९ सम्म सेना प्रमुख थिए । यी दुवै इरानको आणविक कार्यक्रमका कारण त्रसित छन् । यी दुवैका चासोको विषय पनि त्यही हो ।

    सन् २०२१ मा नै जेरुसेलम पोस्टलाई अन्तर्वार्ता दिने क्रममा आइसेनकोटले इरानलाई आणविक हतियार प्रयोग गर्न सक्ने अवस्थामा पुग्न नदिन सबै सचेत रहनुपर्ने बताएका थिए ।

    आइसेनकोटको नीतिगत सवालमा नेतान्याहुसँग बहस थिएन । कूटनैतिक विषयमा मात्र असहमति थियो । सन् २०१५ मा नै नेतान्याहु र आइसेनकोटको बीचमा अमेरिकी राष्ट्रपति बाराक ओबामासँग राख्ने सम्बन्धका बारे विमति थियो । उनले सोही समयमा वासिङ्टनसँगको सुमधुर सम्बन्धले धेरै कुरा तय गर्ने विश्वास व्यक्त गरेका थिए ।

    हमासलाई हेर्ने सवालमा पनि यी दुईको बीचमा समानता थियो । यी दुवै हमासको सामर्थ्य इजरायलका लागि खतरा हुन नहुने सवालमा एक मत थिए ।

    सन् २०२५ को फेब्रुअरीमा आइसेनकोटले ३ चरणको युद्धविराममा जोड दिएका थिए । उनले सबै बन्दी रिहा नभएसम्म आक्रमण जारी राख्ने आवाजसम्म उठाएका थिए ।

    इजरायलको अन्य देशसँगको सम्बन्ध, मध्यपूर्वमा रहेको खतरा र सहयोगी देशबाट छुट्न सक्ने साथका बारे आइसेनकोट बढी सतर्क छन् । यसकारण उनी बारम्बार अझ बलियो सैन्य संरचनामा जोड दिन्छन् ।

    यदि अमेरिकाले साथ छाडेमा रक्षामा बढी खर्चले निम्त्याउन सक्ने समस्या उनका लागि थप चुनौतीको विषय हो ।

    -अलजजिरा, सीएनएन र अर्गनाइजर डट ओआरजीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images