images
images
  • इजरायली सेनाको दाबी- इरानमा भएको अमेरिकी आक्रमणमा हाम्रो संलग्नता छैन

    काठमाडौं– इजरायली सेनाले मंगलबार इरानको केशम द्वीपमा अमेरिकाले गरेको भनिएको पछिल्लो आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हालै तेहरानसँग पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएको समयमा सेनाको यस्तो भनाइ सार्वजनिक भएको हो ।

    समाचार एजेन्सी एएफपीका अनुसार इजरायली सेनाका एक प्रवक्ताले सोमबार राति केशम द्वीपमा भएको अमेरिकी आक्रमणमा इजरायल सहभागी नभएको बताएका छन् ।

    अमेरिकाले होर्मुज जलडमरूमध्यमा अवस्थित इरानको केशम द्वीपलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । अमेरिकी सञ्चारमाध्यम फक्स न्युज र द वाल स्ट्रिट जर्नलले पनि उक्त द्वीपमा आक्रमण भएकोबारे समाचार प्रकाशित गरेका छन् ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप आक्रमण गर्ने विषयमा आफूलाई कुनै हतार नभएको बताएका छन् ।

    समाचार संस्था एक्सियोससँगको कुराकानीमा ट्रम्पले भनेका छन्, ‘हामी कुनै न कुनै रूपमा कारबाही गर्नेछौं । तर यसमा कुनै हतार छैन । हामीले उनीहरूलाई आर्थिक रूपमा पूर्ण रूपमा कमजोर बनाइसकेका छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images