images
images
  • महिलाको घरमा पुगेका एएसआईले चलाए गोली, एक जनाको मृत्यु, तीन घाइते

    काठमाडौं – भारतको बिहार राज्यस्थित मधुबनी जिल्लामा प्रहरी सहायक निरीक्षक (एएसआई) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

    मधुबनीको बाबूबरही थाना क्षेत्रअन्तर्गत बलिराजगढमा भएको घटनामा प्रहरी पिकेटमा कार्यरत एएसआई चन्द्रमोहन सिंहले आफ्नै सरकारी रिभल्भरबाट गोली चलाएको आरोप लागेको छ । गोली लागेर विजय यादवको मृत्यु भएको हो ।

    प्राप्त विवरणअनुसार, एएसआई सिंह एक महिलालाई भेट्न उनको घर पुगेका थिए । सोही क्रममा स्थानीय बासिन्दाले उनलाई महिलासँग कथित आपत्तिजनक अवस्थामा फेला पारेपछि कोठाको ढोका बाहिरबाट बन्द गरिदिएका थिए ।

    त्यसपछि स्थानीय बासिन्दा र प्रहरी अधिकारीबीच तनाव उत्पन्न भएको बताइएको छ । यही क्रममा एएसआई सिंहले आफ्नो सरकारी रिभल्भर निकालेर गोली चलाएको आरोप छ । गोली लागेर चार जना घाइते भएका थिए, जसमध्ये विजय यादवको मृत्यु भएको हो ।

    घटनापछि एएसआई सिंह फरार रहेको विवरणमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान र फरार प्रहरी अधिकारीको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images